हाम्रा मन्त्रीले काम गर्न नसकेको दिन रास्वपा आफैं सरकारबाट बाहिरिन्छ: स्वर्णिम

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन आफैं  सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवंपार्टी  उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले  बताएका छन् । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै  उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नुपर्ने भएकाले आफूहरू सरकारमा सहभागी बनेको बताए । उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए । 

उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । 

उनले नेपाली कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । उनले कांग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्