'गत वर्ष प्रधानमन्त्रीलाई विश्वास मत दिने कांग्रेसलाई अहिले दिनलाई के-को आपत्ति'

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बखानै बखान गर्दै  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  नेपाली कांग्रेसविरुद्द खनिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने समयको सम्बोधन गर्दै ओलीले गत वर्ष सरकारमै नभएका बेलामा मत दिने कांग्रेसलाई अहिले दिन के को आपत्ति भनेर प्रश्न गरे । 

उनले कांग्रेस सधैजसो धोका नै दिने पार्टी भएको बताउँदै हजार मुसा खाएर पशुपतिको दर्शन गर्न गएको जस्तो भएको बताए । उनले धेरै पल्ट कागज गरेर कांग्रेससँग कागज गर्नै छाडेको बताए । नेपाली कांग्रेसले इमानका कुरा धाकका साथ लगाएर संसदमा कसरी भन्न सकेको होला भनीसमेत प्रश्न गरे । 

उनले एमालेले विरोधका लागि विरोध नगर्ने र सभ्य सौम्य तरिकाले विरोध गर्ने बताए । यसरी भनिरहँदा भने सांसदहरुले मुखामुख गरेका थिए। 

ओलीले संसद शुरु हुन बित्तिकै भाषण गरेको भन्दै घरबाट ऐना त हेरेर आउनु भएको होला नि भन्दै ब्यङ्ग्य गरे । 

उनले अस्थिरताको खेती कांग्रेसले नै गरेको आरोप लगाए । पोहोर साल दुई महिना नपुग्दै सरकार परिवर्तन गर्दा अस्थिरता नहुने अहिले एक वर्षपछि सरकार वरिवर्तन हुँदा अस्थिरता भय? भन्दे कांग्रेसलाई नै प्रश्न गरे । 

उनले देशको अवस्था स्थिर नभएको भन्दै विभिन्न पहिचान लगायतका नाममा समाजमा विद्धेश फैलाउने काम भएको बताए । 

भूगोल, जात र धर्मका नाममा विद्धेश फैलाउने काम भएको पनि ओलीले बताए । सो क्रममा प्रचण्डको प्रशंसा गर्दै उनले कांग्रसलाई पटक पटक गाली गरिरहे ।  यो देश कुनै धर्म विशेषको नभएको र जाति विशेषको वा भूगोल विशेषको नभएकोसमेत ओलीले बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्