परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

सोमबार, साउन १, २०८०

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका  परराष्ट्र मन्त्री एनपी साउदले भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता गरेका छन् ।

थाइल्यान्डमा आयोजना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका बारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन्।

परराष्ट्रमन्त्री साउदको भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्