हङकङ टी-२० सिरिज फाइनल: टस जितेर पिएनजीविरुद्द बलिङ गर्दै नेपाल

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको उपाधिका लागि  आज नेपाल र पपुवा न्यूगिनी ( पिएनजी )  भिड्दै छन् । फाइनलमा नेपालले टस जितेर  पिएनजीविरुद्द बलिङ गर्दछ। 

नेपाल एक बराबरी र एक खेल खेल जितेर फाइनलमा प्रवेश गरेको हो भने पिएनजी  एक हार र एक जीतसहित फाइनल पुगेको हो।

यसअघि  नेपालले मंगलबार पिएनजीलाई ८५ रनले पराजित गरेको हो।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्