आगोबाट क्षेती पुगेको चिसापानी पुल अझै केही बन्द

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

चिसापानी ( कैलाली ) कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि हाल सवारी आवागमन बन्द गरिएको छ । कर्णाली पुल अझै केहि दिन बन्द रहने भएको छ । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । 

सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले मंगलबार कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो । 

पुल बन्द भएपछि टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियो । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो ।

सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मंसिर  २८ गते उद्घाटन गरेका थिए। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्