भारतविरुद्धको खेलमा रोहित पौडेल अर्धशतक पुरा गरेर आउट भए

सोमबार, साउन १, २०८०

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले भारतको 'ए' विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आज भइरहेको  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत  भारतविरुद्धको खेलमा पौडेलले ६४ बलमा ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

उनले ८५ बलमा ७ चौका हान्दै ६५ रन बनाएर आउट भएका छन् । अहिलेको नेपालको ७ विकेट गुमेको छ।

श्रीलंकामा जारी प्रतियोगितामा नेपालले आज दिउँसो  टस जितेर ब्याटिङ गर्दैछ ।

यसअघिको पहिलो खेलमा नेपाल ४ विकेटले पाकिस्तानसँग भएपनि आज नेपाल नयाँ उर्जाका साथ भारतविरुद्धको खेलमा उत्रेको छ। डे नाइट खेलमा नेपाल र भारतको कोलम्बोस्थित प्रेमदास रंगशालामा भइरहेको छ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् । 

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्