नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए शपथ

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नवनिर्वाचित  राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् । 

अध्यक्षमा निर्वाचित भए लगत्तै दाहाललाई राष्ट्रपति भवन शितल निवासम आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

आज भएको निर्वाचनमा दाहालले नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले ३९ मत ल्याउदा शर्माले १७ मत ल्याए।

सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको समर्थनमा दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका हुन् ।  

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्