नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । 

दाहालले नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । आज भएको मतदानमा दाहालले ३९ मत ल्याउदा शर्माले १७ मत ल्याए।

सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको समर्थनमा दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भए।  मतदानमा जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्