'तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस्': गृहमन्त्री

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । 

आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले  देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ भने कारबाही गर्न आफ्नो वा कसैको आदेश कुर्न नपर्ने निर्देशन दिएका छन् ।

यदि कसैले समाजमा गैरकानुनी धन्दा चलाएको छ वा कर छली गरेको छ अथवा गुण्डागर्दी, धाक-धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यस्तालाई तत्काल  कारवाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

'त्यस्ता गलत गर्नेलाई ऐन पल्टाएर कानुनी राज्य भनेको के हो' भनेर देखाउन गृहमन्त्रीले भने। प्रहरी कर्मचारीले गृहमन्त्रीलाई भन्दा गृहमन्त्रीले नै प्रहरीलाई सलाम गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् । 

यस्तो छ उनको अपिल-

देश भरका सम्पुर्ण राष्ट्रसेवक  प्रहरीहरु लाई मेरो अपिल:

देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्