दुई वटा जहाज ग्राउन्डेड भएपछि नेपाल एयरलाइन्सले यात्रुसँग माग्यो माफी

सोमबार, साउन १, २०८०

काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना दुई वटा  विमान ग्राउन्डेड गर्नु परेको कारण  यात्रुसँग क्षमा (माफी)  मागेको छ । चरा ठोक्किएका कारण दुई वटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो । 

दुई वटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान चालू गर्न दुई वटा वाइडबडी विमान रहेको भन्दै निगमले न्यारो बडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना मागेको हो । 

सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

जहाज अभावका कारण निगमले आइतबार मसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौँ आउने १०८ जना यात्रु अलपत्र परे।

निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज आज बेलुकीबाट उड्ने निगमले जनाएको छ । साथै यात्रुलाई पर्न गएको असुबिधाप्रति दुख प्रकट गर्दै माफी मागेको हो।

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्