त्रिकोणात्मक टी-२० सिरिज: पपुवा न्यूगिनीलाई हराउँदै नेपाल फाइनलमा

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेलम नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले  पराजित गरेको छ। यो जितसँगै नेपाल फाइनलमा पुगेको छ।

आज बिहान टस हारेर पहिलो ब्याटिङ गर्दै  नेपालले २० ओभर खेलेर   ६ विकेट  गुमाउँदै  पपुवा न्यूगिनीलाई दिव्को १९९  रनलाई पपुवा न्यूगिनीले सबै विकेट गुमाएर ११३  रन बनायो।

पपुवा न्यूगिनीका लागि हिरि हिरिले सर्वाधिक २८ रन बनाए। त्यस्तै नेपालका कुशल भुर्तेलले ४, प्रतिश जिसीले २ र आकाश चन्द र गुल्सन झाले १-१ विकेट लिए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाएक थिए भने यो सँगै भुर्तेलले टी-२० मा १ हजार रन पूरा गरेका छन् ।त्यस्तै सन्दीप जोराले ५६ रन र बिनोद भण्डारीले २७ रन बनाएका हुन्। पपुवा न्यूगिनीका आसाद भालाले सर्वाधिक २ विकेट लिए। 

यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षा रद्द भएपछि दुबै राष्ट्रले १-१ अंक बाँडेका थिए।  

रोहित पौडेलले कप्तानीमा नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

अब फाइनल नेपालले  हङकङ र पपुवा न्यूगिनीबीचको विजेतासँग खेल्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्