अब चुनाव अगाडि कांग्रेसले कसैसँग गठबन्धन गर्दैन: शशांक कोइराला

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

नवलपुर।  बेइमानीको राजनीति धेरै समय नटिक्ने नेपाली कांग्रेसका नेता शशांक कोइरालाले बताएका छन् । 

कांग्रेसका  केन्द्रीय सदस्य कोइरालाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । 

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्