कांग्रेसको भागमा परेका तीन प्रदेश प्रमुख बर्खास्त

सोमबार, फागुन २८, २०८०

काठमाडौं। नयाँ सत्ता गठबन्धनको सरकारले तीन प्रदेश प्रमुखहरुलाई  बर्खास्त गरेको छ।

यसअघिको गठबन्धनको पालामा नेपाली कांग्रेसको भागमा परेका गण्डकी , मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखहरुलाई आजको मन्त्रिपरिषद् बैठकले बर्खास्त  गर्ने निर्णय गरेको हो।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ , मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिम देवराज जोशी आज बर्खास्त  भएका छन् ।

बैठकले गण्डकीमा सुमित्रा भण्डारी , मधेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई नयाँ प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको हो। उनीहरु सिफारिस भएका सबै नेकपा एमाले निकट हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्