राप्तीसोनारी गाउँपालिकाले मनायो स्थापना दिवस

सोमबार, फागुन २८, २०८०
Neuro hospital Nepalgunj

बाँके। बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाले  आफ्नो ७ औं स्थापना दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षता, पूर्व कृषि मन्त्री प्रेम बहादुर भण्डारीको प्रमुख आथित्यता तथा संबिधानसभा सदस्य पट्टु थारुको विशेष आथित्यतामा स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवस कार्यक्रममा बोल्ने सहभागीहरुले राप्ती सोनारीको समग्र विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । राप्तीसोनारी गाउँपालिका स्थापना भएसँगै राप्तीसोनारीको विकासमा सकारात्मक प्रभाव परेको भन्दै प्रभावकारी विकासका लागि सबैको समन्वय, सहकार्य र एकता आवश्यक रहेको बनाए । पूर्वमन्त्री भण्डारीले राप्ती सोनारी कृषिको लागि उर्वरभूमी भएकाले कृषिलाई प्राथमिकता दिएर काम गर्न सुझाव दिए । उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि पालिकाले देखिने र महसुस हुने गरी काम गर्नुपर्ने सुझाव दिए । 

संबिधानसभा  सदस्य पट्टु थारुले राप्तीसोनारीको विकासका लागि सवै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए । उनले संघीय संरचनासँगै स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएको बताए । यसैगरी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले सम्बृद्ध पालिका निर्माणका लागि जग बसाल्ने काम आफ्नो कार्यकालमा भएको भन्दै अव त्यस्तलाई संस्थागत बनाएर लैजान सुझाव दिए ।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष धनिकुमारी वली, वडा नं.१ का वडा अध्यक्ष यमबहादुर खड्का, वडा नं.४ का वडा अध्यक्ष मिनराज खड्का र वडा नं.६ का वडा अध्यक्ष लवराज खरेल, उद्योग बाणिज्य संघ राप्ती सोनारीका अध्यक्ष टिकाराम ढुंगानाले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले स्वागत मन्तव्य व्यक्त गरिन् । 

स्थापना दिवसका अवसरमा पालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मानित समेत गरेको छ । पालिकाका अधिकृत बालानन्द पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दरलामी र वडा सचिव रोशन वलीलाई सम्मानित गरिएको छ । त्यसैगरी स्वास्थ्यतर्फ अहेव अमरसिंह महतरा, सिनियर अनमी नारायणी भण्डारी र उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा बैजापुर स्वास्थ्य चौकीलाई सम्मानित गरिएको छ । यसैगरी शिक्षातर्फ जनता माध्यामिक विद्यालय ढकेरीका शिक्षक यज्ञ वली, लक्ष्मी माध्यामिक विद्यालय मदुईका विवेक चन्द र शिवशक्ती माध्यामिक बिद्यालयका झक्कु क्षेत्रीलाई पनि सम्मानित गरिएको छ । त्यसैगरी अवकास प्राप्त सिनियर अहेव करिङ प्रसाद थारु, वडा सचिव देव बहादुर केसी, कचनापुर स्वास्थ्य चौकीमा कार्यरत पार्वती थारु, वडा नं.७ को वडा कार्यालयमा कार्यरत रामनरेश दुवेलाई पनि सम्मानित गरिएको छ ।

आइतबार सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी, संचारकर्मीलगायतको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्