कांग्रेसका शर्मा र माओवादीका दाहालले गराए राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दर्ता

सोमबार, फागुन २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मंगलबार हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरिएको छ। आज कांग्रेसबाट युवराज शर्माले र माओवादीका नारायण दाहालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन।

कांग्रेसका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसकै किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

त्यस्तै दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । दाहाल सत्ता गठबन्धनका उमेदवार हुन् । सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र,जसपा र एकीकृत समाजवादी छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्