युवराज शर्मालाई कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाउने

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । युवराज शर्मा नेपाली कांग्रेसबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवार बन्ने भएका छन् । 

आज बसेको कांग्रेस संसदीय दलको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । फागुन २९ गते हुने अध्यक्षको निर्वाचनमा नयाँ सत्ता गठबन्धनबाट को उम्मेदवार बन्ने भन्ने बारेमा अझै टुंगो लागिसकेको छैन ।

निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमाले , माओवादी केन्द्र, र जनता समाजवादी (जसपा) बीच गठबन्धन गर्ने निर्णय भएको छ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्