कोहलपुरमा वृक्षारोपण

सोमबार, साउन १, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर । कोहलपुर नगरपालिका -१४ स्थित सिर्जना बाल प्रावीमा आज वृक्षारोपण गरिएको छ । 

लायन्स क्लब अफ कोहलपुर कस्तुरी आयोजना तथा लायन्स क्लब अफ कोहलपुर र लायन्स क्लब अफ कोहलपुर सयपत्रीको सहजीकरणमा  विभिन्न प्रजातिका ६५ बिरुवा रोपिएको लायन्स क्लब अफ कोहलपुर कस्तुरीका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

पारिजात, कपुर, गोलमोर, अम्बा लगायतका बिरुवा रोपिएको हो । बिद्यालय क्षेत्रलाई हराभरा बनाउने र कोहलपुर नगरको हरित नगर अभियानमा टेवा पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको पनि उनको भनाइ छ ।

वृक्षरोपण कार्यक्रममा कोहलपुर नगरपालिका-१४ का वडा अध्यक्ष नम बहादुर आले, लायन्सका अग्रजहरु चिन्तामणी धिताल, तेजप्रकाश अधिकारी, टिपि न्यौपाने, नवीन निस्चल आचार्य, कुमार उप्रेती, राजु रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्