गृहमन्त्रीको निर्देशन- प्रहरीले अपराधीसँग हात मिलाएको देख्न नपरोस्

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका सकल दर्जालाई नेताको चाकडी नगर्न निर्देशन दिएका छन् । 

आज नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लामिछानेले सो कुरा बताउँदै कुनै नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशनसमेत दिएका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्रीले भने-"प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला"।

लामिछानेले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस"। साथै आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई उनले निर्देशन दिएका हुन् ।

‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफूले डटेर गर्ने लामिछानेले बताए ।

उनले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरूवा-बढुवाका लागि शक्ति केन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए।  आफू पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरूवाका गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका थिए। 

नीति र विधिभित्र रहेर काम गर्नुस्, कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुस्’, उनले भने, ‘मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने गृहमन्त्री लामिछानेले बताए। 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्