उपप्रधानमन्त्रीको वरीयतामा उपेन्द्र यादव रवि लामिछाने भन्दा पछाडि

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नयाँ सत्ता गठबन्धनको सरकारमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष पछिल्लो वरीयताको उपप्रधानमन्त्री बनेका छन् । यादव राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने भन्दा पछि परेका हुन् । 

त्यसैगरि जसपाका यादवसहित अर्का मन्त्री पनि रास्वपाका सबै मन्त्री भन्दा पछिको वरीयतामा परेका हुन् ।

प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति कार्यालयले गरेको मौजुदा मन्त्रिपरिषद्को हेरफेरका क्रममा यस्तो अवस्था देखिएको हो । आइतबार नियुक्ति पाएका जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीको वरीयतामा पुछारमा छन् । 

उपप्रधानमन्त्रीको रुपमा नियुक्ति पाएका रास्वपाका सभापति रवि लामिछाने उपप्रधानहरुमध्येमा बढुवामा परेका छन् । उनी उपेन्द्र भन्दा अगाडि परेका छन् । उनीभन्दा अगाडि एमालेका रघुवीर महासेठ र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ छन् । 

त्यस्तै बुधबार रास्वपाका अन्य तीन जना मन्त्रीहरुलाईसमेत अन्तिम सूचीमा राखिएकामा आइतबार थप गरिएको मन्त्रिमण्डलबाट उनीहरुको पनि पदोन्नति भएको छ । यसअघि रास्वपाका श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई मर्यादाक्रमको अन्तिममा राखिएको थियो । 

जबकि अर्याल पार्टीका पहिलो वरीयताका उपाध्यक्ष हुन् । एमाले सचिवालयको अन्तिमबाट तेस्रो वरीयतामा रहेका रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ।

मन्त्रिपरिषद् बैठकमा यही मर्यादाक्रमकै आधारमा मन्त्रीहरुको स्थान निर्धारण हुने गर्छ । यस अर्थमा रास्वपाका मन्त्रीहरु मौजुदा मन्त्रिपरिषद्मा आइतबारअघि ब्याक बेञ्चर बनेका थिए । आइतबार जसपाबाट मन्त्री बनेका नवलकिशोर साह सुडी अन्तिम अर्थात् २२ औँ स्थानमा रहेर वन तथा वातावरण मन्त्री भएका छन् । 

मौजुदा मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । अब सरकारमा बढीमा ३ जना राज्यमन्त्री मात्र थप गर्न पाइने भएको छ।

यस्तो छ मन्त्रीहरुको वरीयताको सूची-

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्