सर्लाहीबाट ४ राउन्ड गोलीसहित दुई युवक पक्राउ 

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

सर्लाही । सर्लाही प्रहरीले ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले जिल्लाको मंलगवा नगरपालिका-१० बाट मोटरसाइकलमा आएका सोही नगरपालिका-१ का २१ वर्षीय पोषण महरा र बागमती नगरपालिका-८ का रन्जित रामलाई गोलीसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले शंकरपुरबाट सोल्टीतर्फ भारतीय  बिआर-३०-डब्लू-५८८३ नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा ४ राउन्ड गोलीसहित पक्राउ गरेको हो। 

प्रहरीले महराको साथबाट पेस्तोलको गोली बरामद गरेर सोधपुछ गर्दा उनका साथी रामको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यस घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्