जसपाका तीन मन्त्री समेटेर मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा  जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता गठबन्धन सरकारमा जाँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जसपाका तीन मन्त्री समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

जसपाबाट अध्यक्ष यादवले स्वास्थ्य मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्दै छन् । त्यस्तै दीपक कार्की स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

आज जसपा सरकारमा गएपनि उनीहरुको शपथ कहिले हुने बारेमा अझै केही निर्णय भएको भने छैन ।

नयाँ गठबन्धन बनेपछि नेकपा एमाले, माओवादी केन्द्रका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र नेकपा एकीकृत समाजवादी  सरकारमा गइसकेका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्