बाहिनीपति कपको उपाधि सशस्त्र प्रहरीको नं.४ गण सुनसरीलाई

शनिबार, फागुन २६, २०८०

सुनसरी । बाहिनीपति कप २०८० को उपाधि सशस्त्र प्रहरीको नं ४ गण सुनसरीले जितेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी सुनसरीले आयोजना गरेको बाहिनीपति कपमा  ३ स्वर्ण र १ रजत जित्दै सशस्त्र प्रहरी नं.४ गण सुनसरी पहिलो भएको हो।

त्यस्तै सशस्त्र प्रहरीको नं. ३७ रिजर्भ गण पकली, सुनसरी दोस्रो र सशस्त्र प्रहरी बल  नं. ५ गण त्रियुगा उदयपुरले तेस्रो स्थान प्राप्त गरेको छ।

त्यसैगरी खेलगत विधामा फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं.४ गण  सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी नं.३७ रिजर्भ गण पकली, सुनसरी प्रथम भएका छन् ।

साथै एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत स्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नं.३७ रिजर्भ गण हेडक्वार्टर पकली, सुनसरी र महिलातर्फ सशस्त्र प्रहरी नं. ३८ रिजर्भ गण झापाले प्रथम स्थान हासिल गरेका छन् ।

उक्त बाहिनीपति कपमा विभिन्न ५ विधाका खेलहरुमा १२० जनाभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्