सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री नियुक्त

शुक्रबार, फागुन २५, २०८०
Neuro hospital Nepalgunj

धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ३ जना मन्त्री नियुक्त गरेका छन् । आज मुख्यमन्त्री शाहले  प्रदेश सरकारमै रहेको   नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिकै  सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्  । त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

आज प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्  । यसअघि नाउपाबाटै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइएको छ । 

यसअघि मन्त्रालय सम्हालिरहेका र नियुक्त भएका मन्त्रीहरुको सूची-

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्