गृहमन्त्रीले भने- 'कम्प्रोमाइज हुन्न'

शुक्रबार, फागुन २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कडा सन्देश दिएका छन् ।

महाशिवरात्रि पर्व, अन्तर्राष्ट्रिय नारी दिवसका साथै नेपाली सेना दिवसको शुभकामना दिदै आज  गृहमन्त्री  लामिछानेले चेक लिस्टसहित सरकारमा आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन-" केही समय होम वर्कमा लाग्नेछौ, कम्प्रोमाइज’ हुन्न"। 

लामिछानेले गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्देश दिएका छन् ।

यस्तो छ उनले भनेको जस्ताको तस्तै-

"चेक लिस्ट" सहित आएका  छौ । "कम्प्रोमाइज" हुन्न। केही समय "होम वर्क" मा रहनेछौ।

जय शम्भो.. जय नेपाली सेना ...जय नारी..

शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्