अन्य दलले पनि सरकारलाई समर्थन गर्न एमालेको आग्रह

शुक्रबार, फागुन २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  सत्ता गठबन्धनको प्रमुख ठुलो दल नेकपा एमालेले नयाँ गठबन्धनले बनाएको सरकारमा  आउन अन्य राजनीतिक दललाई पनि अनुरोध गरेको छ । 

आज केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ५ दलको नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्न अन्य दललाई पनि आग्रह गरेको हो ।

पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गरिएको बताए।

महासचिव पोखरलले भने- ‘ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पाँच राजनीतिक, दलहरू, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) , एकीकृत समाजवादी पार्टी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा सामेल भएका छौं। त्यसमा अन्य राजनीतिक दलहरूलाई पनि यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न आग्रह गरेका छौं' ।

सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ थियो । मुलुकको सङ्कटको अवस्थाबाट पार लाउन जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

अहिले सरकारमा प्रधानमन्त्री प्रचण्डले एमालेका ८, माओवादीका ५ , रास्वपाका ४ र एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन। जसपाबाट उपेन्द्र यादवको नेतृत्वमा दुई मन्त्री नियुक्त हुन बाँकि छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्