बिदा हुँदै नारायणकाजीले भने- मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नबनोस्

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । गृह मन्त्रालयबाट बिदा भएका निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुका लागि न्याय दिने प्रक्रिया कमजोर नबन्ने आशा लिएको बताएका छन् । 

सत्ता समीकरण बदलिएपछी आज उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएका श्रेष्ठले  गृह मन्त्रालयबाट बिदाइ हुँदै आफूले मिटरब्याज पीडितहरुलाई न्याय दिनको निम्ति सकारात्मक भुमिका खेलेर आयोग र कानुन बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको बताए ।

श्रेष्ठले पीडितहरुको लागि लडेको लडाइँमा कतिपय सिडीओ र एसपीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताए । उनले यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत हुन पनि बताए । उनले पीडितलाई न्याय दिने काम निरन्तर रुपमा अगाडि बढाउनुपर्ने बताए ।

साथै उनले बुद्धिमता ढंगले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । नयाँ मन्त्री आएपनी मेरो अधुरो कार्यलाई पूरा गर्नुपर्ने उनले बताए। आज उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीको रुपमा शपथ लिदैछन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्