रवि लामिछाने गृहमन्त्री

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ गठबन्धन सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले गृह मन्त्रालय पाउने भएको छ। रास्वपाले गृगसहित ४ मन्त्रालय पाउने सहमति भएको हो।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले रास्वपालाई उपप्रधानमन्त्री र गृह मन्त्रालयसहित ४ मन्त्रालय दिने निर्णय गरेको हो । रास्वपा उपप्रधानमन्त्री तथा गृहमन्त्री सभापति रवि लामिछाने हुने पक्कापक्की भएको छ।

रास्वपाका एक नेताका अनुसार संभावत: आजै मन्त्रिपरिषद् विस्तारसमेत हुनेछ। त्यस्तै सरकारमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनले भौतिक मन्त्रालय लिने सहमति भएको छ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्