लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन्।

माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले चौधरीले सरकारकाअ अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी )नमुना) लाई बर्खास्त गरेका हुन् ।

उता नेकपा माओवादी केन्द्रले गण्डकी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेसँगै लुम्बिनीमा कांग्रेससहित नागरिक उन्मुक्ति ,लोसपा र जसपाका मात्रै मन्त्री छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्