माओवादीले फिर्ता लियो सुदूरपश्चिम र गण्डकी सरकारलाई दिएको समर्थन

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी र सुदूरपश्चिम  सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज माओवादी केन्द्रले गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको हो।

मुख्यमन्त्री पाण्डेले मंगलबार नै माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरिसकेका छन् ।

गण्डकी प्रदेशकी माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी गराइएकी छिन् ।

त्यस्तै सुदूरपश्चिममा पनि मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले जनाएको छ। माओवादीबाट उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल सरकारबाट बाहिरिएका छन् । त्यसो त मुख्यमन्त्री शाहले उनीहरुलाई मंगलबार नै बर्खास्त गरिसकेका थिए।

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्