प्रधानमन्त्री निवास अगाडिबाट १३ जना मिटरब्याज पीडित पक्राउ  

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रहरीले एक दर्जन बढी मिटरब्याज पीडितहरुलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई आज  प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडिबाटपक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीका संयोजक अवधेश कुशवाहसहित १३ जना रहेका छन।

पक्राउ परेका ९ जना पुरुष र ४ महिलालाई प्रहरी वृत्त मालीगाउँमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्