नेकपा एसको सचिवालय बैठक बस्दै

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस ) को सचिवालय बैठक आज बस्दैछ।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाएका हुन् ।

नेकपा एसको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने बताइएको छ।नेकपा एस नेपाली कांग्रेससहित पुरानो गठवन्धनमा सामेल थियो।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्