विश्वभर फेसबुक र इन्स्टाग्राम अवरुद्द

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक नेपालभर अवरुद्द बनेको छ। मेटा अन्तर्गतका सोसल मिडियातर्फका फेसबुक र इन्स्टाग्राम नेपाल लगायत संसारभर अवरुद्द भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आज राति करिब ९ बजेबाट एककासी फेसबुक र इन्स्टाग्राम आफै साइन आउट भएका छन् । त्यसपछी फेसबुकलाई साइन इन गर्न सकिएको छैन । के कारणले फेसबुक र इन्स्टाग्राममा समस्या आएको भन्ने बारेमा पत्ता लाग्न नसकेको बताइएको छ।

मेटा अन्तर्गतको अर्को प्लेटफर्म व्हाटसएप भने चलिरहेको छ भने फेसबुकको मेसन्जर भने चलिरहेको छ। फेसबुक र इन्स्टाग्राममा डाउन हुँदा संसारभरका करोडौं प्रयोगकर्ता बिचल्लीमा परेका छन।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्