माधव नेपाललाई फकाउन उनकै घरमा पुगे प्रचण्ड र ओली

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ गठबन्धन दलका सारथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई फकाउन उनकै निवास पुगेका छन् ।

केपी जी र म आउँदै छौँ भनेर प्रचण्डले नेपाललाई जानकारी गराएपछि उनीहरु आज साँझ नेपाल निवास कोटेश्वर पुगेका थिए।

नेपाललाई फकाउन कोटेश्वर पुगेका प्रचण्ड र ओलीले सरकारमा आउन भने पनि नेता नेपालले कुनै ठोस निर्णय लिएनन् । नेकपा एसको बैठक भोलि बिहान ११ बजे बैठक बस्दैछ । 

प्रचण्ड ,ओलीसँग एमालेका उपाध्यक्ष विश्नु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्