कांग्रेसले लियो सरकारलाई दिएको समर्थन फिर्ता

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन समर्थन फिर्ता लिएको छ । 

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको कांग्रेसका मुख्य सचिवले जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी ( जसप) सँग नयाँ गठबन्धन गर्दै पुराना सबै मन्त्रीलाई हटाउदै तीन जना नयाँ मन्त्री नियुक्त गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्