देउवा निवासमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरु बैठक बस्दै

सोमबार, साउन १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरु बैठक आज धुम्वाराहीमा बस्दैछ । 

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफल गर्न आफ्नै निवास धुम्वाराहीमा   दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने समेत बताइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्