एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल

मंगलबार, फागुन २२, २०८०

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । नयाँ गठबन्धन सरकारमा प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि बर्त्तौला आज प्रमुख सचेतकमा नियुक्भएका हुन् ।

त्यसैगरि सचेतकमा सुनिता बराल नियुक्त भएकी छिन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली उनीहरुलाई नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक नियुक्त भएका बर्तौला यसअघि सचेतक थिए। बर्तौला निर्वाचित सांसद हुन भने बराल समानुपातिक सांसद हुन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्