नेपाललाई हराउँदै नेदरल्यान्डसले जित्यो टी–२०आई क्रिकेट सिरिजको उपाधि

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा आयोजना भएको त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ। आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सविरुद्द  ८  विकेट गुमाउँदै  १८४ रन बनाएको हो।    जवाफी ब्याटिङमाअ उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो।

नेदरल्यान्ड्सका लागि माइकेल लेभिट सर्वाधिक ५४ रन बनाए। नेपालका कुशल मल्लले सर्वाधिक ४ तथा दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले १-१ विकेट लिए।

पहिलो इनिङमा नेपालका लागि आसिफ शेकले सर्वाधिक ४७ रन बनाए।  त्यस्तै बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले २,टिम भानदर गगटेनले २, माइकेल लेभिटले २ र साइबान्ड एङ्गेलब्रेटले पनि २ विकेट लिए।

नेपालले यस सिरिजमा नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरेर ४ अंकका साथ फाइनलमा पुगेको थियो भने नेदरल्यान्ड्स २ जित र एक बराबरी खेल्दै ५ अंकका साथ फाइनल पुगेको थियो।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्