सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

धनगढी । सुदूरपश्चिम का  मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा माओवादीले नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमाले , रास्वपा र जसपासँग नयाँ गठबन्धन बनाएपछि मुख्यमन्त्री शाहले आज माओवादीका उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई बर्खास्त गरेका हुन्। 

उनीहरुलाई बर्खास्त गरेको  मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आज बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादीबाट मन्त्री बनेका दुई जनालाई बर्खास्त गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्