कर्णालीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता, सबै मन्त्रीले दिए राजीनामा

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  

केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा गएका अर्थ मन्त्री  बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका छन् ।

गत बैशाखमा कांग्रेसबाट मन्त्री बनेका उनीहरुले केन्द्रमा सत्ता बदलिएपछि सरकारमा बसिरहनु कुनै अर्थ नहुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिदै राजीनामा बुझाएको बताएका छन् ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४ सांसद छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्