टी-२० फाइनल: नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्यl

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

आज टीयु क्रिकेट मैदानमा भइरहेको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सविरुद्द  ८  विकेट गुमाउँदै  १८४ रन बनाएको हो।     

नेपालका लागि आसिफ शेकले सर्वाधिक ४७ रन बनाए। उनी ३७ बलमा आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेलले २० , कप्तान रोहित पौडेलले २५ रन बनाउदा दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए। त्यस्तै कुशल मल्लले २६ रन बनाए भने गुल्सन झाले ३४ रन बनाए। त्यस्तै करण केसी ९, सोमपाल कामी ६,आरिफ शेख शुन्य र प्रतिश जिसीले ६ रन बनाए।

नेदरल्यान्ड्सका फ्रेड क्लासेनले २,टिम भानदर गगटेनले २, माइकेल लेभिटले २ र साइबान्ड एङ्गेलब्रेटले पनि २ विकेट लिए।

नेपालले यस सिरिजमा नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरेर ४ अंकका साथ फाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स २ जित र एक बराबरी खेल्दै ५ अंकका साथ फाइनल पुगेको हो।

सन् २०२१ को टी-२० फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गरेझै  आजको फाइनल खेल पनि नेपालले जित्ने अभियानमा छ। त्यस्तै नेपालले सन् २०२२ मा पपुवा न्यूगिनीलाई पनि त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा गराएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्