गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

मंगलबार, फागुन २२, २०८०
Neuro hospital Nepalgunj

पोखरा । नेपाली कांग्रेससँगको पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादीबाट उनीहरु दुई जना गण्डकी सरकारमा आएका थिए।

मुख्यमन्त्री पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेर दुबै मन्त्रालय आफै राखेका छन् ।

बर्खास्त गर्दै मुख्यमन्त्री पाण्डेले भने-' केन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्नुभयो, मैले यहाँ तोडे'। 

सोमबार पुरानो गठबन्धन भत्काएर माओवादीले नयाँ गठबन्धन बनाउँदै नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी ( जसपा) सँग तालमेल गरेको हो। नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्रीले एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डीपी अर्याललाई बिनाबिभागीय मन्त्री बनाएका छन् ।

पाण्डे बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्