बागमती क्लबलाई हराउँदै एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

झापा । सशस्त्र प्रहरीको एपीएफ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडमा जारी छैठौं अर्ना झापा गोल्डकपमा  बागमती युवा क्लबलाई आज पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एपीएफ विजयी भएको हो ।

खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले नगद ११ हजार प्राप्त गरे ।एपीएफले यसअघि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । 

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन्। 

छैटौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले १३ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ पाउनेछन् । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्