प्रधानमन्त्री प्रचण्डले लिए सबै मन्त्रालयको जिम्मेवारी

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण आएसँगै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । 

मन्त्रिमण्डल पुनर्गठन भएसँगै नेकपा एमालेका पदम गिरी, नेकपा माओबादी केन्द्रका हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डीपी अर्याल  बिनाबिभागीय मन्त्री नियुक्त हुँदै आज साँझ राष्ट्रपतिबाट नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संबिधानको घारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्  गठन गरी कार्यविभाजन पनि गरेका छन् । प्रधानमन्त्रीले नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्