नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारमा सामेल भएका तीन जना नवनियुक्त मन्त्रीहरुले आज साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपा एमालेका पदम गिरी , नेकपा माओवादी केन्द्रका हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी अझै दिइएको छैन ।

 माओवादी केन्द्रले नेपाली कांग्रेससँग सत्ता गठबन्धन भत्काएर  एमाले , माओवादी , रास्वपा र जनता समाजवादी पार्टी ( जसपा) बीच  नयाँ गठबन्धन बनेको हो। तर तीन पार्टीका मन्त्रीले सपथ लिए पनि जसपा अझै सरकारमा गएको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्