'प्रधानमन्त्रीको कदम एकदमै अप्रत्यासित': नेकपा एस

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेससहितको पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएपछि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ । 

आज बसेको एकीकृत समाजवादीको बैठकले प्रधानमन्त्रीको उक्त कदमलाई अप्रत्यासित भनेको हो।

बैठकपछि एसका नेताहरुले प्रधानमन्त्रीले  चालेको नयाँ कदम एकदमै अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो’, उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तय गर्छ ।’

एकीकृत समाजवादीले नयाँ मन्त्री आउनुअघि नै आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई विदा हुन सर्कुलर जारी गरेको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्