राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नयाँ गठबन्धनको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासमा पुगेका छन् । 

प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् । 

नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् । अहिलेसम्मको नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेसँगको नयाँ गठबन्धन बनाएर नयाँ मन्त्रिमण्डल गठन गर्दैछन् ।

आजै प्रधानमन्त्रीले  सानो मन्त्रिपरिषद् बिस्तार गर्दैछन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्