देशभरका सबै प्रदेशमा वर्षा

सोमबार, साउन १, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखले आज देशभरका सबै प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्