अब प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नयाँ गठबन्धन बनेसँगै संघीय सरकार गठनको समझदारी बनेसँगै सबै प्रदेशहरूमा पनि नयाँ गठबन्धनबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ ।आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।

नयाँ गठबन्धन बनेसँगै अब परिस्थिति बदलिएकोले प्रदेशमा पनि नयाँ गठबन्धनकै मुख्यमन्त्रीसहितको सरकार बन्ने माओवादीका एक नेताले बताए। । 'राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ', उनले भने।

नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका छन् । अब देशभरका प्रदेशहरुमा कांग्रेसका मुख्यमन्त्रीलाई बहुमतका आधारमा हटाइने भएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्