प्रधानमन्त्रीले सबै मन्त्री हटाउँदै, सानो मन्त्रिमण्डल विस्तारको तयारी

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेसँग नयाँ समीकरण बने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सबै मन्त्रीलाई हटाउदै छन् ।

प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र एमाले सम्मिलित सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको मन्त्रिपरिषद्मा  एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बाट एक-एक जना मन्त्री बन्दैछन् । 

एमालेले प्रमुख सचेतक पदम गिरीलाई सरकारले पठाउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्