भत्कियो सत्ता गठबन्धन, एमालेबाट पदम गिरी सरकारमा जाने

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । नेकपा माओवादी र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको हो ।

एमाले र माओवादीसहितको गएरातिसम्म चलेको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको हो।

नयाँ गठबन्धनमा राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

विशेष श्रोतका अनुसार आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ। जसपा ,रास्वपा र राप्रपा सरकारमा जाने भएपनि को जाने भन्ने बारेमा अझै तय भएको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्